20 May, 2026, Wed dccbajura@gmail.com (+९७७)-०९७-५४११३४
/ बाजुरा जिल्लाको सङ्क्षिप्त परिचय

बाजुरा जिल्लाको सङ्क्षिप्त परिचय

अध्यावधिक मिति २०८३ बैशाख ११ गते शुक्रबार

नामकरणः

बाजुरा जिल्लाको नामाकरण झुर्रा बाझको अप्रभंश हुदै बाज झुर्रा र बाजझुर्राबाट बाजुरा रहन गएको देखिन्छ । नेपाल राज्यकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएता पनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, जसलाई सिंजा राज्य भन्ने चलन थियो । केन्द्रिय शासन जुम्लाबाट संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, यहाँ पनि सहायक दरबार थियो । दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरा दरबारबाट सिंजा दरबारमा राजाको आदेशअनुसार बाज पठाउनु पर्दथ्यो । बाज भन्ने चरालाई पासोद्वारा समातिन्थ्यो । भाले बाजलाई शाही बाज र पोथी बाजलाई झुर्राबाज भनिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ (पोथी) परेछ। शाहीबाज पार्न नसकेको झुर्रा बाझ पारेको खबर सहित पोथीलाई राजाको दरबारमा पठाएछन् । राजाले शाहीबाजको चाहना गरेको तर झुर्रा बाझ प्राप्त गरेकोले त्यस कोटको नाम पोथीबाजको नाम उल्टोबाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको कि‌ंबदन्ती छ ।

सङ्क्षिप्तमा अन्य विवरण

  • प्रदेश : सुदूरपश्चिम प्रदेश
  • अञ्चलः सेती   
  • अवस्थिति :    देशान्तर : ८१°१०'२०" देखि ८१°४८'२७" पूर्व

             अक्षांश : २९°१६'२१" देखि २९°५६'५६" उत्तर

  • कुल क्षेत्रफल :  २१८८ वर्ग कि.मी.
  • सदरमुकाम : मार्तडी
  • पूर्वमा हुम्ला, मुगु र किलकोट जिल्ला, पश्चिममा बझाङ्ग र डोटी जिल्ला, उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा अछाम जिल्ला
  • समुन्द्र सतहबाट उचाई :  ७६२ मिटर देखि ७०३६ मिटर सम्म
  • हिमाली भू-भाग : १३.५०%
  • उच्च पहाडी भू-भाग : ८४.८०%
  • मध्य पहाडी भू-भाग : १.७०%
  • खेतीयोग्य जमिन : १२.२३%
  • ®कुल जनसंख्या :१,३८,५२३ ( पुरुष : ४८.४१ % ,  महिला : ५१.५८% )
  • ®घरधुरी संख्या : २८,०६४
  • जात-जातीको संख्या : ५० (बाहुन, क्षेत्री, ठकुरी, दमाई, कामी, सार्की र भोटे आदि मुख्य जाती)
  • मुख्य पेशा : कृषि ( ९६ %)
  • १ वटा निर्वाचन क्षेत्र (संघ) र ९ वटा स्थानीय तह ( ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका)
  • प्रमुख पर्यटकीय स्थल : रानीसैन, खप्तड राष्ट्रिय निकुञ्ज, बडीमालिका, बुढीनन्दा, छेडेदह ,त्रिवेणीधाम आदि ।                           राष्ट्रिय जनगणना, २०७८

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ जेठ ५ गते मंगलबार